काठमाडाैं। सप्तरीमा भएको घटनाका विषयमा छलफल गर्न मंगलबार साँझ मन्त्रिपरिषदको बैठक बस्दै  छ । सप्तरी घटनापछि उत्पन्न परिस्थि लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । फोन मार्फत गृहमन्त्री बिमलेन्द्र निधिलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरि मोर्चाका नेता महन्थ ठाकुरलाई फोनगरि प्रधानमन्त्री दाहालले सप्तरी घटनाका बारेमा जानकारी लिनुभएको स्रोतले बताएको छ । फाइल तस्विर ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments