मेलबर्न । अष्ट्रेलियाको जीवनशैली नै यस्तो छ कि पैसा विना यहाँ केही पनि पाइदैन । सास फेर्ने हावासम्म पैसा तिर्नुपर्ने यस्तो मुलुकमा बेरोजगार बस्नुपर्यो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुँदैन । नागरिकका यही अप्ठ्यारालाई ध्यानमा राखेर यहाँको सरकारले बेरोजगारी भत्ताको व्यवस्था गरिएको छ । रोजगार गर्दा लिइने विभिन्न करबाट सरकारले बेरोजगारहरुलाई उपलब्ध गराउने यस्ता भत्ताले थोरै भए पनि राहत दिलाउँछ ।

सुरुवाती भत्ता (न्युस्टार्ट एलाउन्स) के हो ?

यो भत्ता काम गर्ने उमेर पुगेका तर बेरोजगार रहेकाहरुको लागि हो, तर यसको लागि काम खोजिरहेको हुनुपर्नेछ । काम खोजिरहेको र कामको लागि निवेदन पेश गरेका प्रमाणहरु हुनुपर्छ ।

यो भत्ताको लागि कति समय पर्खिनुपर्छ ?

भत्ताको लागि निवेदन दिएको दिनदेखि २ हप्तादेखि २ महिना समय लाग्न सक्छ ।

कति रकम उपलब्ध हुन्छ ?

पन्ध्र दिनमा १०४ डलर आम्दानी हुन्छ । यदि १०४ देखि २५४ डलरसम्म आम्दानी भयो भने, प्रत्येक डलरमा ५० सेन्ट काटिन्छ । यदि २५४ डलर भन्दा माथि आम्दानी भयो भने ७५ डलर सहित प्रत्येक डलरमा ५० सेन्ट काटिन्छ ।

यसको लागि को योग्य हुन सक्छन् ?

अष्ट्रेलियामा कम्तिमा २ वर्ष बसोबास गरेका अष्ट्रेलियाबासी योग्य हुन्छन् ।

“वर्क फर द डोल“ के हो ?

जागिर खोज्दै गरेकाहरुको सिप बढाउने कार्यक्रम “वर्क फर द डोल“ हो । यस कार्यक्रम अन्तर्गत रहेर १ वर्षमा ६ महिना काम गर्नेहरुले मात्र भत्ता रकम भुक्तानी पाउन सक्छन् ।

तोकेको मापदण्ड पूरा नभएमा के हुन्छ ?

तोकेको मापदण्ड या योग्यता पूरा नभएमा त्यस समयको लागि निवेदन रद्द हुन्छ तर मापदण्ड पूरा भएपछि फेरी निवेदन दिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments