काठमाडौं ।  ‘छयासी वर्षका बृद्धले सगरमाथा चढ्ने रे’ सुन्दा पनि पत्यार नलाग्न सक्छ ।  तर म्याग्दीका मिनबहादुर शेरचनले भने सुन्दै पत्याउन नसक्ने चुनौति स्वीकार्दै ८६ बर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ ।

‘म जे बोल्छु त्यो गरेरै छाड्छु, सगरमाथा चढ्ने मेरो धोको पुरा गरेरै छाड्छु’ सोमबार काठमाडौंमा पत्रकारसँग उहाँले भन्नुभयो, ‘मलाई त ८६ बर्ष पुगे जस्तो पनि लाग्दैन, बरु कसैले किर्ते गरेर मलाई ८६ बर्ष पु¥याए जस्तो पो लाग्दैछ त’ । पत्रकारहरुसँग उत्साहित देखिएका शेरचनले यसो भनिरहँदा उहाँमा यो उमेरमा पनि सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्थ्यो ।

आफूसँग इश्वरको कृपा भएको भन्दै उहाँले सगरमाथामा चढेर मात्रै मर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । ८६ वर्षको उमेरमा सगरमाथा चढ्दा विश्वाशान्ति, मानव कल्याण र पृथ्वीको रक्षाको उद्देश्य रहेको पनि उहाँले जानकारी दिनुभयो । सोच पवित्र राखेमा शरिर कहिले पनि अस्वस्थ नहुने र बुढ्यौलीले पनि नछुने शेरचनले बताउनुभयो ।

‘सगरमाथा फु मन्त्र गरेर चढिन्न आत्मविश्वासले हुने कुरा हो, म  ढुक्क छु मरेर होइन, सगरमाथा आरोहण गरेर तपाईहरुलाई यसै गरेर अनुभव सुनाउने छु ।’ उहाँले भन्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments