काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ ? किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताए । ‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments