देशभर बाढीपहिरोबाट भएको क्षतिप्रति सरकार गम्भिर नभएको भन्दै प्रतिपक्षी दलहरुले सरकारको आलोचना गरेका छन ।

प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीसहितका दलहरुले  राष्ट्रिय विपतको घोषणा गर्न माग गर्दै  संसद बैठक अवरुद्ध पारेका छन् । एकीकृत माओवादी लगायतका प्रतिपक्षी दलहरुको बिरोधका कारण संसदको बैठक एक साताका लागि स्थगित भएको छ ।

बाढी र डुबान प्रभावित क्षेत्रमा नागरिकसँग साक्षात्कार गर्नका लागि सभासदहरुलाई जिल्ला जान दिनुपर्नेभन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले गरेको माग अनुसार यही भदौ ९ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

Comments