काठमाडौं । सप्तरीको राजविराजमा नेकपा एमालेको सभापछि भएको झडपममा मधेसी मोर्चाको चार कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएपछि राजनीतिक कोर्स फरक ढंगले अघि बढेको छ ।

संविधान संशोधनको पक्षमा रहेको सरकार स्वयम् संशोधनको माग राख्ने मधेसी मोर्चाको समर्थनरहित भएको छ । सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि राजनीतिक घटनाक्रम नयाँ ढंगले विकसित भएको हो ।

सरकारलाई समर्थन फिर्ता दिइएको औपचारिक पत्र संयुक्त मोर्चाले मंगलबार सरकारलाई दिने भएको छ ।

मोर्चाका तर्फबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मोर्चामा संघीय समाजवादी पार्टीका १५, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, सद्भावनाका पार्टी ५, तराई मधेस सदभावना पार्टीका ३, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, नेपाल सदभावना पार्टीका १ र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका १ सांसदको समर्थन रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments