काठमाडौं । नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सोमवार सप्तरीमा बसेको एमाले स्थायी समितिको आकस्मिक बैठकले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो । सोमबार राजविराजमा प्रहरीको गोली लागी मधेसी मोर्चाका कार्यकर्ता सञ्जन मेहताको निधन भएपछि सप्तरीको रुपनगरमा एमालेको आकस्मिक बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष आग्रहमा एमालेको आकस्मिक बैठकले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले राजविराजमा सोमवार भएको क्षति अकल्पनीय भन्दै यसको जिम्मेवार मधेसी मोर्चा रहेको निष्कर्ष निकालेको छ । एमालेले यसमा गहिरो दुःखसमेत व्यक्त गरेको छ ।

Comments

comments