एजेन्सी । स्कटिस लिगमा आइतबार राति एउटा अनौठो दृश्य देखियो । हिबरनियन क्लब र आयर युनाइटेडबीच भएको खेलको मध्यान्तरमा प्रायः सबै दर्शकको आँखा क्लबको सूचना पार्टीमा गाँडिएको थियो ।

त्यहाँ न क्लबको ठूलो अफरसहितको सूचना ‘स्क्रोल’ भइरहेको थियो, न विशेष सूचना नै । सूचना पाटीमा हिबरनियनका एक समर्थकले आफ्नो प्रेमिकालाई छोडेको सन्देश ‘स्क्रोल’ भइरहेको थियो । र, इस्टर रोड रंगशालामा सबै उनको प्रेम–प्रस्ताव पढेर दंग थिए ।

यसको केही मिनेटमै रंगशालाको क्यामराले ती समर्थकलाई खोजेर निकाल्यो, जसले आफ्नो प्रेमिकालाई खेल भइरहेको बेला बिहेको प्रस्ताव राखेका थिए । लगत्तै उनले बिहेको रिङ साटेर सबैलाई रमाइलो तुल्याए ।

उनको अनौठो प्रेम कहानी देखेपछि रंगशालामा उपस्थित प्रायः सबै दर्शकले ताली पिटेर यो जोडीको स्वागत गर्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments