राजविराज । राजविराजमा एमालेको कार्यक्रममा विरोध प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । मोर्चाले आफ्ना कार्यकर्ता रञ्जन मेहताको मृत्यु भएको दाबी गरेको छ ।

प्रदर्शनकारी झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर तीन प्रदर्शनकारी घाइते भएका हुन् । ती मध्ये गम्भीर घाइते मेहताको मृत्यु भएको बताइएको छ । प्रहरीले तीनैजनालाई अस्पताल लगेको छ र मृत्यु पुष्टि गरेको छैन ।

झडपमा अरु १२ प्रदर्शनकारी र २० प्रहरी घाइते भएका छन् ।

एमालेको सभा भने सकिएको छ । नेताहरु उदयपुर प्रस्थान गरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments