बिर्तामोड । स्थानीय तहको निर्वाचनमा महिलाको हकअधिकार सुनिश्चितताका लागि महिला उम्मेदवारलाई विजयी गराउनुपर्नेमा सांसद तथा झापाका सबै पार्टीका महिला नेतृहरुले जोड दिएका छन् ।
संवाद समूहको सचिवालयको संयोजनमा आज सोमबार झापाको बिर्तामोडमा भएको छलफलका सहभागी सांसद तथा महिला नेतृहरुले संवैधानिक व्यवस्था बमोजिम महिला अधिकार स्थापित गर्न स्थानीय तहबाटै जनप्रतिनिधिको रुपमा महिलालाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले यदि आ–आफ्नो मातृ पार्टीले महिलालाई  उचित स्थान नदिए तथा विजयी गराउन इमान्दार नदेखिए सबै महिला एकजुट भई पार्टीभन्दा माथि उठेर योग्य महिला उम्मेदवारलाई जनप्रतिनिधि बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सहभागी महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा मुख्य पदहरुको ५० प्रतिशत र समग्र जनप्रतिनिधि संख्याको ५० प्रतिशत उम्मेदवार महिलालाई बनाउनुपर्ने समेत धारणा राखे । महिलालाई उभ्याउनका लागि मात्र होइन जिताउने वातावरण बनाइ पार्टीले इमान्दारिपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
स्थानीय तहको मुख्य पदसहित महिला सहभागिताको सुनिश्चितताका लागि सबैले आ–आफ्नो पार्टीमा खबरदारी गर्ने र महिलाको मुद्दालाई साझा मुद्दा बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments