सप्तरी । १५ दिने मेची–महाकाली अभियान अन्तर्गत प्रदेश नम्बर २ मा प्रवेश गरेको नेकपा एमालेले आज सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र परिसरमा सभा गर्दैछ ।

सभामा एमाले अध्यक्ष केपी ओलीसहितका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभा गर्ने स्थलमा दुई वटा कुकुर बम फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ भने सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको छ । बम डिस्पोजको तयारी भइरहेको छ ।

उता, आजै मधेसी मोर्चाका कार्यकर्ताले पनि राजविराजमा बिहानैदेखि विरोध प्रदर्शन जारी राखेका छन् । मोर्चाका कार्यकर्ता सडकमा नाराबाजी गरिरहेका छन् ।

सुनसरीको इनरुवाबाट एमाले नेतृत्व राजविराज आइरहेकाले सभा केहीबेर ढिलो हुने देखिएको छ । मोर्चाको कार्यकर्ताले सडक प्रदर्शन जारी राखेका छन् भने प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments