भारत । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल भारतीय नौसेनाको पानी जहाज आईएनएस विराट आजदेखि सेवाबाट हटाउन लागिएको छ । सट्टामा अर्को नयाँ जहाज ल्याइएको छ ।

आईएनएस विराट नामक जहाज भारतीय नौसेनाको उच्चस्तरीय दोस्रो जहाज हो । जसले ३० वर्षसम्म सेवा दिएको थियो । भारतमा यो जहाज भित्रिनुपहिले २५ वर्षसम्म ब्रिटिस शाहीसेनाले यसको प्रयोग गरेका थिए । जहाजमा लेखिएको छ, ‘जसको समुन्द्रमा कब्जा हुन्छ, उही सबभन्दा बलवान हुन्छ ।’

संसारको एउटा मात्र सबैभन्दा पुरानो जहाज भएका कारण आईएनएस विराटलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राखिएको हो । पुनर्निर्माण गर्दै चलाइएको जहाजलाई ‘ग्रेट ओल्ड लेडी’ का नामले पनि चिनिन्छ । इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा दिने जहाजको रुपमा पनि यसलाई लिइएको छ । (एजेन्सीको सहयोगमा)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments