-प्रतिमा भट्ट,मेलबर्न

ह्वाट्स ड्याट कलर फर ? ट्रेनमा बसेका सबको नजर अनुहारभरि रातो दलेको अनि सेता लुगा पनि रङगी बिरङ्गि भएका म र मेरा सहपाठीतर्फ थियो !

एकजना साथीले प्रतिउत्तरमा मुस्कुराउँदै भने–इट्स आवर कलर फेस्टीभल ।

बिस्तारमा भन्ने अनि बुझाउने क्रममा मैले पनि थपिदिएँ–यो रंगहरुको पर्व हो । जहाँ हामी सात थरिका रंगहरु एकअर्कालाई लगाएर ती रंगहरु जस्तै रंगीन खुशी, माया अनि सद्भाव साटासाट गर्छौं,दुख पीडा सब भुल्छौं ।

अर्की साथी बोल्दै थिई– पपुलर सिङ्गर पनि आएका थिए नेपालको । वी इनजोयड अ लट । डान्स , फुड, म्युजिक एन्ड मस्ती… वाऊ !

फेरि पहिला बोल्ने दिदीले थप्नुभयो–अह यार लास्टै रमाईलो भयो । अनि अर्कोले थप्यो,हा हा रमाईलो त भाकै हो तर..

म भने एकदम थकित भएर मोवाईल पनि फ्लाईङ मोडमा राखेर ट्रेनमै अर्ध निन्द्रामा थिएँ । तर नबोली चित्तै बुझेन । सिधै भन न प्रशान्त तामाङले हिन्दी गाना गाएको मन परेन । अलि मन खिन्न भयो किन लम्बाई चौडाई ?

उसले हाँस्दै भन्यो– तिमी मान्छ्े चाहिं लास्टै स्मार्ट हौ के । पक्कै पनि हामीबचमा हार्ट टु हार्ट कनेक्सन हुनुपर्छ । उसले मस्का लगाउदै थियो । मैले आखाँ तरे जस्तो गरे पछि उसले फेरि थप्यो –अहिले होइन पूर्वजन्मको कुरा गरेको लोल ।

मैले भनें–व्हाटएबर , मलाई नि मन परेन स्टेजमा मे रहु या नरहु तु मुझमे कहिँ बाँकी रेहेना बज्दा यार । नेपालको कलाकार, नेपाली दर्शक अनि त्यत्रो पैसा दिएर यहाँसम्म लिएर आएको कलाकारले अर्काको देशको गाना गाउनु पटक्कै राम्रो होइन । ईन्डियन आइडल जितेपछि पूरै हिन्दी गीतको आईडल पो बनेछ ।

स्वदेशको कला र संस्कृतिलाई बिदेशमा गीत संगीतबाट चिनाउँछन कलाकारहरु भन्ने सुनेको थिएँ । तर यहाँ त एकादेशको कथा भैदियो । त्यो भनाई त मात्र नेपाल अनि नेपालीको मन राख्नलाई बनाइएको जस्तो लाग्यो । नत्र दर्शकको माग बिना त्यति धेरै अरुको गाना किन गाए एउटा नेपाली चिरपरिचित सिङगरले ?

हुन त मलाई गायक प्रशान्त तामाङसँगै सोध्न मन थियो –के तिमीलाई कुनै इन्डियनले पैसा खर्च गरेको थियो उनीहरुको गीत गाइदेउ भनेर ? यदि त्यसो हो भने तिमी आफूलाई इन्डियन आइडल हुनुमै गर्व गर । नेपाली गायक बनेर भन्दै नभन ।

मैले यति बोलेर सक्न नपाई अर्की साथीले थपिन्–यार मैले मेरो एउटा इन्डियन साथीलाई म हिन्दी बुझ्छ्ु तर बोल्न आउदैन । मलाई मेरो भाषा प्यारो छ भनेको थिएँ । अघि फेसबुकमा लाईभ जाँदा प्रशान्तको हिन्दी गीतमा म नि मजाले नाचिदिएँ । उसले लाईभ ज्वइन गरेको रैछ,बेइज्जत भयो मेरो । टेक्स गर्दै थियो यु आर अ लायर लेखेर । मैले किन भनेको ? भने सोधें । उसको जवाफ थियो–तेरो देशको गायकले हाम्रो देशको गाना हाम्रो लोकल कलाकारले भन्दा नि राम्रो गायो । अनि तँ त्यही गानामा मज्जाले नाचिस् । पहिले त मसँग भन्थिस् हिन्दी बोल्दिनँ भनेर ?

मैले थपिदिएँ–तेरो केई गल्ति छ्ैन । म पनि मजाले नै नाचें । कारण जस्तोसुकै किन नहोस् यदि कोही कालाकारले स्टेजमा गएर तिम्रो लागि केही गर्दैछ भने अनसुना अनि अनदेखा गर्नु पक्कै राम्रो भने होइन ।

शुरुकी दिदीले भन्नुभयो–हामीले बोलाएको कलाकारले गल्ती नै गरे पनि हामीले त उसलाई सम्मान र समर्थन गर्नैपर्छ ।

यस्तै धेरै गलफती गर्दागर्दै हाम्रो अन्तिम स्टेशन आइसकेको थियो । त्यसैले ट्रेनबाट झरेर हामी आ आफ्नो गन्तव्यतिर लाग्यौं । तर जति सम्मानको कुरा गरे पनि पहिला हाम्रो मनमा गायक प्रशान्त तामाङको लागि जति थियो,आज उनको मुखबाट हिन्दी गाना सुनिसकेपछि घट्यो ।

मेरो साथी एक्लै बर्बराउदै थिईन्– भोलि काममा इन्डियन साथीलाई के जवाफ दिनु ?

म- हा हा गुड लक ।

यो लेखकको नितान्त व्यक्तिगत विचार हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments