काठमाडौं । सरकारले स्थानीय तहको संख्या सात सय ४४ कायम गरेको छ । यसअघि पुनः संरचना आयोगले सात सय १९ स्थानीय तह कायम गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उम्मेदवारी मनोनयन गर्ने बेलासम्म पनि स्थानीय तहको संख्या घटबढ गराउन, सीमांकनमा आउने गुनासा सम्बोधन गर्नसक्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलको सिफारिसअनुसार मन्त्रिपरिषद्को आइतबार सिंहदबारमा बसेको बैठकले स्थानीय तहको संख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको हो ।

मन्त्री पाण्डेका अनुसार दुई नम्बर प्रदेशमा २१, मनाङमा एक, बझाङमा एक र काठमाडौंमा दुई स्थानीय तह थपिएका छन् । काठमाडौंमा शंखरापुर र दक्षिणकाली, बझाङमा काँडा गाविसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले नुवाकोट जिल्ला प्राविधिक समितिको सिफारिसअनुसार स्थानीय तह निर्धारण गरेको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै मान्यता दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments