मेलबर्न । अष्ट्रेलियामा सयौं शिशु स्याहारकर्ताहरु (चाइल्डकेयर)ले हड्ताल गर्दैछन्

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मार्च ८, बुधबारका दिन उनीहरु हड्तालमा उत्रने भएका हुन् । तलब वृद्धिको माग गर्दै सयौंको संख्यामा रहेका चाइल्डकेयरहरुले बुधबारका लागि संयुक्त हड्तालको कार्यक्रम घोषणा गरेका हुन् ।

सबै संघीय सरकारले चाइल्डकेयरहरुको तलब वृद्धि गर्नुपर्ने उनीहरुको माग छ । युनाइटेड भ्वईस युनियनका अनुसार हाल शिशु स्याहारकर्ताहरुको न्युनतम तलब प्रतिघण्टा २० डलर रहेको छ । यो तलब उनीहरुको काम, दक्षता तथा बजारको महंगाई अनुसार निकै कम रहेको विभिन्न अधिकारीहरु बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments