काठमाडौं । अमेरिकामा एक भारतीयमूलका नागरिकमाथि देश छोड्न दबाब दिँदै गोली प्रहार भएको छ । वासिङ्टन राज्यको केन्ट शहरमा सवारी चालकको रुपमा काम गर्ने भारतीय मूलका शिख नागरिकलाई एक व्यक्तिले अमेरिका छोड भन्दै हातमा गोली प्रहार गरेका हुन् ।

उनलाई केन्टमा आफ्नो घर नजिकै बाहिर गाडीमा बसिरहेको बेला गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका उनको उपचार भैरहेको छ । आधा अनुहार ढाकेका अन्दाजी ६ फुट अग्ला व्यक्तिले गोली हानेको पीडितले बताएका छन् । उनैले दिएको हुलियाको आधारमा गोली हान्नेको खोजी भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments