इटहरी । नेकपा एमालेले शनिवारबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको छ ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको भन्दै एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले शान्ति सुरक्षा माग गरेको ।

एमालेको मेची-महाकाली अभियान असफल बनाउन सरकारकै तर्फबाट गृहमनत्रीबाट गै्रह जिम्मेवार अभिव्यक्ति दिनु र मधेसी मोर्चाले आक्रमणको धम्की दिनु दुबैको षड्यन्त्र भएको भन्दै अभियानलाई परापर्दो सुरक्षा प्रदान गर्न सरकारसंग माग गरिएको एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

इटहरीको गोर्खा डिपार्टमेण्ट स्टोरमा बसेको स्थायी समितिको बे७क पश्चात अन्नपूर्ण समाचारदातासंग करा गर्दै नेता खनालले मेची महाकाली अभियानको जनलहर देखेर सरकार र मधेसवादीदलहरु अत्तालिएर एमालेको अभियान असफल बनाउन षड्यन्त्र गरिरहेको निचोड निकाल्दै एमालेले सरकारसंग भरपर्दो सुरक्षा व्यबस्था मिलाउन माग गरेको बताए । उनले पूर्व घोषित तालिका अनुसार अभियान सुचारु हुने पनि बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments