काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

फागुन २८ र ३० गते किर्तीपुरमा हुने खेलको लागि नेपाली टोलिको नामावली सार्वजनिक भएको हो । पाँचौं चरणको खेलअन्तर्गत केन्यासँगको खेलको लागि नेपाल क्रिकेट संघ क्यानले पारस खड्काको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले नेपाली टोली छनोट गरेको हो ।

केन्यासँगको खेलअघि अन्तिम तयारी गर्न भारतको नोयडा गएर आएपछि नेपाली टोलीको घोषणा गरिएको हो । साथै १४ नेपाली टोलीसहित अन्य ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरेको छ । केन्यासँगको खेलका लागि अलराउन्डर मेहबुब आलम नेपाली टोलीमा फर्किएका छन ।

केन्यापछि नेपालले छैटांै चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ । लिगमा चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा जित र ५ खेल बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौँ स्थानमा छ ।

च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्डस, दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हंङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौ स्थानमाा केन्या छ भने नेपालभन्दा पछि नामिबिया र यूएई छन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments