सिरहा ।  राज्य विरुद्धको अपराध आरोपमा पक्राउ परेका डा. सिके राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक पनि म्याद थप गर्दै, थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिँदै स्वतन्त्र मधेशको पक्षमा गतिविधि सञ्चालन गर्दै आएको आरोपमा पक्राउमा परेका डा. सिकेट राउतलाई चौथो पटक पनि म्याद थप्दै थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फ राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

सिरहामा भएको कार्यक्रममा देश टुक्र्याउने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई माघ २० गते पक्राउ गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments