सुनसरी। इटहरीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चल र एपिएफ विजयी भएका छन् । पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको हो ।

पूर्वाञ्चललाई ६ विकेटले हराँउदै सुदूरले पहिले जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा आएको सुदूरपश्चिमाञ्चलले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

दोश्रो खेलमा एपिएफ विजयी भएको छ । एपिएफले मध्यपश्चिमाञ्चललाई १ सय १४ रनको फराकिलो अन्तरले विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १ सय ५४ रन बनायो ।

जवाफी ब्याटिङ्मा उत्रिएको मध्यपश्चिमाञ्चलले १२ ओभरमा सबै विकेट गुमाउँदै ४० रन मात्र बनायो  । आइतबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमान्चलबिच तथा दोश्रो खेल पश्चिमाञ्चल र एपिएफबिच हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments