आदिवासी जनजाति नेताहरुले अब बन्ने संविधानमा पहिचानसहितको संघीयता नआए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसँग आज बिहान भएको छलफलका क्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । छलफलमा आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालसहितको टोलीले बहुमतको बलमा पहिचानविरोधी संविधान ल्याए मान्य नहुने बताउनुभयो ।

जनजाति महासंघले नयाँ संविधानमा सम्बोधन गर्नु पर्ने १४ बुँदे माग पनि बुझाएको छ । छलफलमा एकीकृत माओवादी नेता एवम् समितिका सभापति डा. बाबुराम भट्टराईले जानजातिहरुको मागप्रति आफूहरु गम्भीर रहेको बताउनुभयो ।

Comments

comments