मेलबर्न । अष्ट्रेलियाका युनिभर्सिटीहरुमा मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङमा बिजनेस र एकाउन्टिङको पढाई हुन्छ । यस अन्तर्गत फाइनान्स, जेनेरल म्यानेजमेन्ट, ट्याकसेसन ल एण्ड अडिटिङ, मार्केटिङ, हुमन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेशनल बिजनेस, ईबिजनेस र इन्टरप्रिनियरशीप आदि विषयहरुमा विद्यार्थीले अध्ययन गर्न सक्छन् ।

धेरैजसो भर्ना प्रतिस्पर्धा मार्फत हुने गर्छ । स्नातक तहको सर्टिफिकेटहरु साथै युनिभर्सिटीले तोकेको मापदण्ड अनुसारको अंग्रेजी भाषामा प्रखर हुनुपर्छ ।

मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङमा जम्माजम्मी १६० वटा युनिट पूरा गर्नुपर्ने हुन्छ । यस अन्तर्गत १४ वटा कोर्सको प्रत्येकको १० युनिट र आफूले छानेको विशेष विषयबाट २ वटा कोर्स पूरा गर्नुपर्ने हुन्छ ।

विदेशी विद्यार्थीहरुको लागि ओरेन्टेसन कार्यक्रमहरु र सुझाव सल्लाहको लागि सम्पर्क व्यक्ति रहेका हुन्छन् ।

यो कोर्स पूरा गरिसकेपछि विद्यार्थीहरुले एकाउन्ट एक्जेक्युटिभ, प्रशासक, बैंकर, बैंकिंग र फाइनान्स प्रोफेसनल, बिजनेस विश्लेषक, कन्स्ट्रक्सन म्यानेजर, कन्ट्रयाक्ट एड्मिनिसट्रेटर, प्रोपर्टी डेभलपमेन्ट आदिको रुपमा काम गर्न सकिन्छ ।

अष्ट्रेलियामा मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङ सकेर काम गरिरहेकाहरुले औसतमा ४०,००० डलर देखि ७०,००० डलर सम्म कमाइरहेका छन् । विद्यार्थीको क्षमता, काम गर्ने कम्पनि र सहर अनुसार तलब घटी वा बढी हुन सक्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments