काठमाडौं । नेकपा एमालेले मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा केन्द्रीय कमिटी विस्तार गरेको छ । झापाको बिर्तामोडमा भएको स्थायी कमिटी बैठकले मधेसका नेताहरुलाई संगठनमा भूमिका दिने निर्णय गरेको हो । बैठकले २२ नेतालाई केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा मनोनयन गरेको हो ।

रघुवीर महासेठ, धर्मनाथ प्रसाद साह, रामचन्द्र यादव, धर्मनाथ यादव, गंगा यादव, रामदयाल मण्डल, रविन्द्र वैठा, रामचन्द्र साह, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा केन्द्रीय सदस्य भएका छन् ।

बैठकले जुली महतो, नारदमणि राना, मन्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, महोम्मद हारुन, सरोज यादव, सुधीर शाह र सरला यादवलाई वैकल्पिक केन्द्रीय सदस्यको भूमिका दिने निर्णय गरेको छ ।

बैठकले हनुमान चौधरीलाई केन्द्रीय सल्लाहकार र मायाराम चौधरीलाई ७ नम्बर प्रदेश सदस्यमा मनोनयन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments