एजेन्सी । अफगानिस्तानको तल्लो सदनका सदस्यमाथि गोली प्रहार भएको छ ।

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर बालीमाथि शनिबार बिहान आक्रमण भएको सरकारी उच्चअधिकारीले जानकारी दिएका छन् । आक्रमणमा उनी सिकिस्त घाइते भएका छन् । उनको शरिरको अघिल्लो भागमा गोली लागेको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटनाविवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छ्रैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments