बर्दिया । मुलुककै लामो कर्णली पुल बनेको दुई बर्षमै चिरा परेको छ । यसले दुर्घटनाको जोखिम बढाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदिमा बनाइएको पुल ०७१ असोजबाट सञ्चालनमा आएको थियो ।

०६७ असारदेखि निर्माण थालिएको पुल ०७२ असार मसान्तमा पुरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा एक बर्षअघि नै पुल निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले हस्तान्तरणा गरेका थिए । यसबापत निर्माण कम्पनीलाई सरकारले पुरस्कृत गरेको थियो ।

पुलको माथिल्लो भाग चिरा पर्दै गएपछि जोखिमपूर्ण रहेको स्थानीयले बताए । पुलको लम्बाइ एक हजार १४ मिटर र चौडाइ ९ मिटर १० सेन्टिमिटर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments