धादिङ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।

घरको जग हालिसकेका भूकम्प प्रभावितले दोस्रो किस्ता छिट्टै पाउने खबरले खुसी भएकाहरू घर सम्पन्न भइसक्दासमेत दोस्रो किस्ता उपलब्ध नगराउँदा निरास बनेका छन् । जनताको आवश्यकताभन्दा आआफ्नै दुनो सोझ्याउने काम गर्न र आफूअनुकूल काम गराउनका लागि प्राधिकरण प्रमुख फेर्नचाहिँ सरकार लागिपरेकाले भूकम्पपीडितको वेदनामा सरकार गम्भीर नभएको भन्दै स्थानीय आक्रोशितसमेत भएका छन् ।

निजी आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार लिएर घर निर्माण गरिरहेकाहरूले जतिसक्दो चाँडो दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments