मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा पहिलो घर किन्नेहरुले दोब्बर अनुदान पाउने भएका छन् । भिक्टोरिया राज्य सरकारले भिक्टोरियामा पहिलो घर किन्नेहरुकालागि हाल दिईरहेको भन्दा दोब्बर अनुदान दिने योजना ल्याएको हो ।
यो दोब्बर अनुदान भिक्टोरिया राज्यका छेउछाउको क्षेत्र (रिजनल सबर्ब्स) मा बनाइने नयाँ घरहरुको हकमा मात्र लागू हुनेछ । नेपाली बसोबास भएका चर्चित रिजनल सबर्ब्स जिलङ ,बेन्डिगो , बालाराट , सेफर्टन आदि रहेका छन् ।
१ जुलाई २०१७ देखि लागु हुने यो योजनामा दिईदै आएको अनुदान रकम १०,००० डलरको दोब्बर २०,००० डलर दिईनेछ । यस योजनाले ६००० जनालाई लाभान्वित गर्ने भिक्टोरियन सरकारले लक्ष्य लिएको छ । सरकारले सो क्षेत्रमा भौतिक पूर्वाधारहरुको थप विकास गरिने पनि जनाएको छ ।
३० जुन २०२० सम्म लागू हुने यस योजनाले विशेष गरि अष्ट्रेलियामा बस्न चाहने युवा वर्गलाई सहयोग पुग्ने यहाँको संघीय सरकारको विश्वास छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments