सुनसरी। सुनसरीको इटहरीमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पूर्वाञ्चल विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय २४ रन बनायो । १ सय २५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको मध्यमाञ्चलले १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमात्र बनाउन सक्यो ।

प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषदले गरेको हो भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले व्यवस्थापन गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments