काठमाडौं । आगामी चैत ७ देखि १९ गतेसम्म पहिलोपटक काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता हुने भएको छ ।

मयुर हिमालयन प्रालिको आयोजनामा नेपालको पर्यटन र सौन्दर्य क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्रा्ष्ट्रिय तहमा पु¥याउन अन्तर्रा्ष्ट्रिय तहको प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

आयोजकका अनुसार सहभागीहरुले अन्तर्राष्ट्रिय तहका सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन् । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गर्नेछन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक/एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments