काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतका लागि सिफारिस भई संसदीय सुनुवाइका लागि आएका व्यक्तिको नाममा १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।  समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित राजदूतको नाममा १० दिने संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

त्यस मितिभित्र उहाँहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्ने समितिका सचिव ध्रुव घिमिरेले बताउनुुुभयो ।  सरकारले फागुन ९ गते विभिन्न १२ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरी उहाँहरुको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

सरकारले लक्की शेर्पालाई अस्ट्रेलिया, निरञ्जनकुमार थापालाई इजरायल, शर्मिला पराजुली ढकाललाई ओमान, रमेशप्रसाद कोइरालालाई कतार, अर्जुनजंग बहादुर सिंहलाई गणतन्त्र कोरिया, प्रतिभा राणालाई जापान, युवनाथ लम्साललाई डेनमार्क, चोपलाल भूसाललाई बंगलादेश, पदम सुन्दासलाई बहराइन, भीमकृष्ण उदासलाई म्यान्मार, विश्वम्भर प्याकुरेललाई श्रीलंका र महेन्द्रप्रसाद सिंह राजपुतलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो ।

नेपालको संविधानअनुसार संवैधानिक निकाय तथा राजदूतहरुको नियुक्तिका लागि संसदीय सुनुवाइको संवैधानिक व्यवस्था छ ।  सरकारले राजदूत नियुक्ति प्रक्रियालाई व्यवस्थित एवम् मर्यादित बनाउन उपयुक्त उम्मेदवार छनौट गर्न योग्यता एवम् कार्यअनुभव समेतलाई समेटेर परराष्ट्र मन्त्रालयले राजदूत सिफारिस एवम् नियुक्तिका लागि मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको छ ।    Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments