मेलबर्न । अष्ट्रेलियामा २०११ मा उदाएको हिन्दू संस्कृति त्यसयता फैलिदै गएको पाइएको छ । विभिन्न अध्ययन अनुसार आगामी वर्षहरुमा हिन्दू अनुयायीहरु अझ बढ्ने देखिएको छ ।

विभिन्न देशबाट आएका हिन्दू धर्मालम्बीहरुसँगै हिन्दू धर्मले अष्ट्रेलियामा आफ्नो परिचय बनाएको हो । भारतबाट स्थायी रुपमा बसाई सराई गरि आएर विशेष गरि मेलबर्नमा फैलिएका हिन्दुहरुले भित्र्याएको धर्मलाई अहिले अष्ट्रेलियाका स्थानीय बासिन्दाले पनि अनुशरण गर्न थालेको समाचार एसविएसले प्रकाशन गरेको छ ।

अष्ट्रेलियाको हिन्दू क्यालेण्डरमा रथ यात्रालाई विशेष मानिएको छ । यस विशेष अवसरमा अल्बर्ट पार्कमा रहेको मन्दिरबाट कृष्णको मूर्तिलाई मेलबर्नमा रथ यात्रा गराईन्छ ।

अष्ट्रेलियामा रहेका ५१ मन्दिरहरु मध्ये १९ मन्दिर भिक्टोरियामा रहेका छन् । मेलबर्नमा मन्दिरहरुको संख्या वर्षेनी बढ्दो क्रममा रहेको छ । १९९८ मा स्थापना भएको सबैभन्दा पुरानो मन्दिर मेलबर्नको दक्षिणपूर्वी क्षेत्र, क्यारुम डाउन्समा रहेको छ । अहिले वर्षेनी १ लाख मानिस सो मन्दिरमा पुग्ने गरेका छन् । अष्ट्रेलियामा रहेका मन्दिरमा विवाह, विभिन्न धार्मिक कार्यक्रमहरु र चाडपर्व उत्सवहरु हुने गरेका छन् ।

हिन्दुहरुको संस्कार, शाकाहारी खानपिन, योगा, आध्यात्मिक ज्ञान आदिले अष्ट्रेलियावासीहरुलाई हिन्दू धर्म तिर झुकाव बढाईरहेका छन् ।

फोटो : एसविएस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments