काठमाडौं। घुस लिँदालिँदै यातायात व्यवस्था विभाग काठमाडौंका शाखा अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस मागेका थिए  । सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

रिजालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments