काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले अग्रता लिएको छ ।

करिब दुई सय ३० क्याम्पसमा भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार एक सय पाँच क्याम्पसमा विजयी हासिल गरेको नेविसंघका महामन्त्री सरोज थापाले दाबी गरेका छन् ।

त्यस्तै, एमालेनिकट अनेरास्ववियुले ९७ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ६६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतको भनाइ छ ।

बुधबारसम्म नेविसंघले ८४, अनेरास्ववियुले ८० र क्रान्तिकारीले ४३ क्याम्पसमा स्ववियु जितेको थियो ।

उपत्यकाका ठूला क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । उसले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ र सानोठिमी शिक्षा क्याम्पसमा प्यानलै जितेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments