व्यवस्थापिका संसदको आज बस्ने बैठकमा विनियोजन विधेकमाथि छलफल हुदैछ ।

दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेकमाथि छलफल हुने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

यसैबीच आजको बैठकमा संसदिय समितिहरुको समितिको सभापति चयनको प्रकृयाका लागि सभामुख सुवासचन्द्र नेम्वाङले संसदलाई जानकारी गराउनु हुने भएको छ । संसदको आजको बैठकले बुधबार हुने सभापति चयनका लागि कार्यतालिका सार्वजनिका गर्ने तयारी गरेको छ । संसदको विषयगत ११ र विशेष तीन गरी १४ वटा समितिको सभापति चयनका लागि प्रकृया सुरु गर्न संसदलाई जानकारी गराउन लागिएको हो ।

सभापति चयन प्रकृया सुरु भएपछि दलिय भागवण्डा नमिलेका कारण झण्डै सात महिनादेखि रित्त समितिले नेतृत्व पाउने भएको छ । दलहरुको सहमति अनुसार कांग्रस एमालेले ४÷४ वटा, एकीकृत माओवादीले दुई वटा, राप्रपा नेपालल, मधेसी दल र साना दललाई एक÷एक वटा समिति वाड फाड हुने भएको हो ।

Comments