एजेन्सी । बार्सिलोना प्रशिक्षक लुइस इनरिकेले आराम गर्ने भन्दै टिम छाड्ने भएका छन् ।

४५ वर्षीय इनरिकेले आफूलाई आरामको आवश्यकता भएकाले बार्सिलोना छाड्ने घोषणा गरेका हुन् । बुधबार राति स्पोर्टिङ गिजोनमाथि ६–० को जीत निकालेपछि इनरिकेको यस्तो भनाइ आएको हो ।

इनरिकेले बताएका छन्, ‘कठिन अवस्थामा सन्तुलित बनेर र निकै सोचेर निर्णय गरेँ ।’ उनले क्लबले गरेको विश्वासप्रति आभारी प्रकट गर्दै बार्सिलोनासँगको तीन वर्ष अविष्मरणीय रहने बताए । पहिलो सिजन नै च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका इनरिकेले गएको सिजनमा ला लिगा जिताएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments