काठमाडौं । स्थानीय चुनावको चर्को बिरोध गर्दै आएको मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो चुनाव प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

मोर्चासँग आबद्ध अन्य ६ दलले भने परिमार्जनसहित संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने भन्दै आयोगमा दल दर्ता गराएको छैनन । यादवले दल दर्ता गराएकोमा मोर्चाका अन्य घटकका नेता यादवसँग संशकित भएका छन् ।  मोर्चाका अन्य नेताले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराउन यादवलाइ आग्रह गरे पनि उनले नमानेको स्रोतको भनाइ छ ।

मोर्चाको मंगलबारको बैठकमा मोर्चाका केही नेताले यादवले दल दर्ता गराएको भन्दै यादवसँग आक्रोस पोखेका थिए ।  यादवले भने यसबारे पार्टीका अन्य नेतासँग बुझ्ने भन्दै टारेका थिए । फोरम नेपालका निर्वाचन विभागका संयोजक तथा संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले गत सोमबार निर्वाचन आयोगमा गई दल दर्ता गराका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments