एजेन्सी । दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । न्युजिल्याण्डको जितसँगै ५ खेलको श्रृँखला २–२ को बराबरी भएको छ ।

जितका लागि पाएको २ सय ८० रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले ४५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि मार्टिन गुप्टिलले नटआउट १ सय ८० रन बनाए ।

 

दक्षिण अफ्रिकाका लागि एबी डि भिलियर्सले नटआउट ७२ रन बनाए । फाफ्डु प्लेसिसले ६७ तथा हासिम अम्लाले ४० रन बनाए । न्युजिल्याण्डका जितन पटेलले दुई विकेट लिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments