मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा “एम फेस्टिभल मःमः म्युजिक एण्ड मोर” हुने भएको छ। सोलनग्चरले आयोजना गरेको सो कार्यक्रममा ” आई लभ मःमःफोटो कम्पिटिसन” पनि राखिएको छ ।

उक्त कम्पिटिसनमा भाग लिन इच्छुक व्यक्तिले मःमः, आफू र आफ्नो परिवार वा साथीहरु भएको फोटो पठाउनु पर्नेछ । मःमःप्रतिको झुकाव झल्किएको उक्त फोटो सोलनग्चरको फेसबुक पेज मार्फत पठाउन सकिन्छ ।

प्राप्त फोटो कम्पिटिसनको नियम अनुसार नभएमा सहभागी नबनाउने निर्णय आयोजकको हुनेछ । छानिएको फोटोहरु आयोजक सोलनग्चरको पेजमा राखिनेछ ।

आगामी २७ मार्चमा मेलबर्नको समय अनुसार मध्यरात सम्ममा फोटोहरुमा आउने लाइक्सको आधारमा विजेता घोषणा गरिनेछ। विजेतालाई १५० अष्ट्रेलियन डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

“एम फेस्टिभल” आगामी २६ मार्चका दिन १२ देखि बेलुका दश बजेसम्म कोबुर्ग, भेलोड्रोममा हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments