मेलबर्न। आगामी मार्च ११ देखि मेलबर्नमा ” कँडेल कन्सल्टेन्सी कप ” हुने भएको छ ।

अष्ट्रेलियाको प्रतिष्ठित यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने “९ ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता” लाई यसै वर्ष देखि कँडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ । जसअनुरुप प्रतियोगिताको नामाकरण ” कँडेल कन्सल्टेन्सी कप ” गरिएको हो ।

आयोजकले दिएको जानकारी अनुसार मेलबर्न, सिड्नी, डार्विन, पर्थ, एडिलेड, अल्बरी, तास्मानिया क्यानबेरा गरी १६ टिम उपाधिका लागि भिड्नेछन् । मार्च ११ तारिखमा लिग चरणका खेलहरु हुनेछन् भने १२ मार्चमा फाईनल खेलहरु सञ्चालन गरिनेछ । यस प्रतियोगिताको म्याच कमिश्नर फिफा रेफ्री सज्जन शर्मा रहेका छन् ।

मुख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेलले प्रतिष्ठित क्लबले आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजन गर्न पाउनु खुशीको कुरा भएको भन्दै खेलको माध्यमबाट समाजमा केही योगदान दिने उद्देश्यले कंडेल कन्सल्टेन्सीले यो कदम चालेको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments