काठमाडौं । पत्रकार रविन्द्र मिश्रले आफ्नो पार्टीको नाम जुराउनुभएको छ ।

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्नुभएका मिश्रले एक दिनपछि नै पार्टीको नाम जुराउनुभएको हो । उहाँले नयाँ पार्टीको नाम साझा पार्टी राख्नुभएको छ ।  यस्तै मिश्रले पार्टीको चुनाव चिन्ह तराजु प्रस्ताव गर्नुभएको छ ।

केही साताभित्रै पार्टीको औपचारिक घोषणा गर्ने मिश्रको तयारी छ । पार्टीको संयोजक मिश्र नै रहने लगभग पक्का भएको छ । उहाँसँगै विश्लेषक मुमराम खनाल र नेपाल क्रिकेट संघकी निवर्तमान सिइओ भावना घिमिरे पनि नयाँ पार्टीमा रहनुहुने भएको छ ।

Comments