काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतको रुपमा मन्जिभसिंह पुरीको नाम सिफारिस गरेको छ ।

मनोनयनमा परेका सिंहलाई नेपाली राजदूत भएको भन्दै मंगलबार दूतावासले सरकारलाई परराष्ट्र मन्त्रालय मार्फत जानकारी दिएको हो । नेपालका लागि सिफारिस भएका सिंह युरोपियन युनियन, बेल्जियम र लक्जम्बरकालागि पनि भारतीय राजदूत रहिसकेका छन् । परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने चर्चा चलेसँगै परराष्ट्र सेवा अनुभव बटुलेका पुरी नै नेपालका लागि राजदूतमा सिफारिस भएका हुन् । अब नेपाल सरकारले सिफारिस भएका पुरीलाई अनुमोदन गरेपछि दूतको जिम्मेवारी सम्हाल्नेछन् ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायको कार्यकाल मंगलबार सकिएपछि नयाँ राजदूतको रुपमा पुरीको नाम चर्चामा आएको हो । भारतमा रहेको नेपाली दूतावास लामो समयसम्म राजदूतविहीन रहने गरेपनि भारतले नेपालमा राजदूत फर्कनुअघि नै नयाँ राजदूतको नाम सिफारिस गरेर एग्रिमो दिइसकेको हुन्थ्यो । तर, यसपटक भने राजदूत फर्कने दिनमै नयाँ नाम सिफारिस गरेको हो ।

बुधबारदेखि नेपालमा भारतीय राजदूत खाली भएको छ । दूतावासका उपप्रमुख विनय कुमारले कार्यवहाक राजदूतको जिम्मेवारी सम्हालेका छन । सन १९५९ मा जन्मेका पुरी सेन्ट स्टेफेन्स कलेज दिल्लीका गोल्ड मेडलिस्ट हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments