काठमाडौं । काठमाडौं उपत्यका लागयत उपत्यका बाहिरका त्रिवि माताहतका क्याम्पसहरुमा बिहानैदेखि स्ववियु निर्वाचन सुरु भएको छ । देशभर चारसय क्याम्पसमा निर्वाचन हुनुपर्ने भए पनि बुधवार करिब साठीवटा क्याम्पसमा मात्र निर्वाचन हुँदैछ ।

विद्यार्थी संगठनवीचमा भएको आपसी विवादका कारण अधिकांश क्याम्पसमा निर्वाचन स्थगित भएको हो । बुधवार विहानैदेखि शुरु भएको निर्वाचनमा शान्तिपूर्ण मतदान भैरहेको छ । उपत्यकाको पुल्चोक, थापाथली, महाराजगञ्ज नर्सिङ, भक्तपुर लगायत १३–१४ वटा क्याम्पसमा विहानैदेखि शान्तिपूर्ण वातावरणमा निर्वाचन भइरहेको छ ।

निर्वाचन भइरहेका उपत्यकाको क्याम्पसमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । निर्वाचनमा हार्ने निश्चित भएका क्याम्पसहरुमा भने सम्भावित पराजयको डरले ताला लागेको एक विद्यार्थी नेताले बताए ।

यसैबीच चितवनको भरतपुरमा अवस्थित वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आगजनी गरेका छन् । निर्वाचन नगराएको आक्रोशमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेका हुन् । आगजनीबाट फर्निचर र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments