ङग्लिस प्रिमियर लिग फुटवलमा आज एक मात्र खेल हुने भएको छ । आजको खेलमा चेल्सी र बर्नली आमने सामने हुंदैछन् ।

यसअघि हिजो भएको खेलमा लुइस स्वरेजबिनाको लिभरपुलले ङग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथहृयाम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले २३ औं मिनेटमा राहिम स्टलिङको गोलबाट अग्रता लिएको थियो । हेण्डरसनको लङ पासमा उनले गोल गरे ।

तर, ५६ औं मिनेटमा साउथहृयाम्पटनका लागि नथानियल क्लाइनले बराबरी गोल फर्काएका थिए ।दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको साउथहृयाम्पटनले केही राम्रो मौका खेल फालेको थियो । रिकी लाम्बर्टसहितका खेलाडीहरु लिभरपुल गएपछि साउथहृयाम्पटनको गोल फिनिसिङ निकै कमजोर देखिएको थियो ।

खेलको ७९ मिनेटमा स्टलिङको पासलाई सदुपयोग गर्दै ड्यानिल स्टुरेजले लिभरपूलको लागि निर्णयक गोल गरे । लगतै साउथ हृयाम्पटनले केही सुन्दर मौका खेर फालेपछि लिभरपुलको जीत सुनिश्चित भएको हो । त्यस्तै हिजै भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–० को जीत कायम गरेको छ ।

Comments

comments