काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचनले संघीयतालाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार अपराह्न देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र र संघीयता सबैभन्दा बढि मधेशी, जनजाति र उत्पीडित समुदायकालागि चाहिएको जिकिर गर्नुभयो । त्यसैले स्थानीय तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन उहाँले मधेशी, जनजाति र उत्पीडि समुदायलाई आव्हान गर्नुभयो ।

आन्दोलनको घोषणाको तयारीमा रहेका मधेशी मोर्चालाई सम्बोधान गर्दै प्रधानमन्त्री दाहालले आवेग होइन विवेक प्रयोग गरेर निर्णय लिन आव्हान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारले संविधान संसोधन प्रस्ताव तार्किक निष्कर्षमा पु¥याएर छाड्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । निर्वाचन र संसोधन प्रस्तावसँगै अघि बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

प्रधानमन्त्रीले संविधानको स्वीकार्यताको लागि निर्वाचन जरुरी रहेको भन्दै स्वतन्त्र र निष्पक्ष निर्वाचनप्रति प्रतिवद्धता व्यक्त गर्नुभयो । असन्तुष्ट पक्षको माग सम्बोधन गर्नकालागि आफूले सरकार परिवर्तन गराएको बताउँदै प्रधानमन्त्रीले आफुले असन्तुष्ट पक्षको नेतृत्व गरिरहेको समेत बताउनुभयो ।

निर्वाचन सफल पार्न अन्तरर्राष्ट्रिय समुदायको साथ र सहयोग समेत अपेक्षित रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
यो देशका परम्परागत शासक वर्गलाई गणतन्त्र संघीयता र धर्म निरपेक्षता मन परेको छैन भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता तत्वलाई सफल हुन नदिन संविधान संस्थागत गर्नुपर्ने र त्यसकालागि निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले एकथरी तत्व मधेशको आवेगलाई भड्काएर विखण्डन गराउने तयारीमा लागेको जिकीर गर्दै विखण्डनकारी सर्पका हरेक फँडा मासिने चेतावनी दिनुभयो । उहाँले कुनैपनि विखण्डन चाहनालाई सहन नगरिने चेतावनी समेत दिनुभयो ।

सम्बोधानका क्रममा प्रधानमन्त्रले देशमा लोडसेडिङ लगभग अन्त्य भएको जिकीर गर्दै अगामी जेठ मसान्त सम्म मुलुकभरबाट लोडसेडिङ अन्त हुने बताउनुभयो ।

आफू समृद्ध र न्यापूर्ण नेपालको नयाँ अध्यायको सुरुवातमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले फास्ट ट्रयाकको डीपीआर र वित्तिय व्यवस्थापन सिफारिस गर्ने कमेटिले प्रतिवेदन सरकारलाई बुझाईसकेको जानकारी दिनुभयो । उहाँले फास्ट ट्रयाककोे ठुलो हिस्सा बर्षात अघि नै संचालन गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments