मेलबर्न। नेपाली विद्यार्थीहरुको लागि अष्ट्रेलिया आकर्षक गन्तव्य बनेको छ। अष्ट्रेलियाको शिक्षा तथा तालिम विभागले प्रकाशित गरेको तथ्यांकले यो कुरालाई प्रमाणित गरेको छ ।

उक्त तथ्याङ्कका अनुसार अघिल्लो वर्षको तुलनामा १५.९ प्रतिशतले वृद्धि भई सन् २०१६ मा नेपालबाट २२ हजार ८ सय १२ जना विद्यार्थी अष्ट्रेलियामा पढ्न आएका छन् । २०१६ मा विश्वभरबाट जम्मा ५ लाख ५४ हजार १ सय ७९ विद्यार्थीहरु अष्ट्रेलियामा पढ्न आएका छन् । विद्यार्थीहरुको संख्याको आधारमा यस सुचिमा नेपाल आठौँ स्थानमा रहेको छ ।

अस्ट्रेलियामा यसरी नेपाली विद्यार्थीहरुको संख्या बढ्नुको प्रमुख कारण सन् २०१५ मा अष्ट्रेलियाले भिषा नीतिमा परिवर्तन गरि नेपाललाई कम जोखिमयुक्त सूचीमा राख्नुलाई मान्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments