मेलबर्न । अष्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीहरुको लागि छात्रवृत्ति योजना ल्याएको छ । उक्त छात्रवृत्ति अन्तर्गत कलेज शुल्क, अष्ट्रेलिया बस्ने खर्च, स्वास्थ्य सुबिधा र अष्ट्रेलियाबाट फर्कने हवाई भाडाको समेत व्यवस्था रहनेछ ।

२०१८ को शैक्षिक सत्रको लागि खुलेको उक्त “अष्ट्रेलिया अवार्ड“ योजना नेपाल लगायत अरु एसियाली देशको लागि रहेको छ । यो छात्रवृत्ति विद्यार्थीहरुको पढाई, अनुसन्धान र व्यवसायिक विकासको लागि हुनेछ ।

अष्ट्रेलियाको अन्तराष्ट्रिय विकास सहयोगको उद्देश्य अनुरुप नेपालको गरिबी निवारण,शिक्षा र उद्दमशिलतामा सहयोग गर्नु यो छात्रवृत्तिको मूल उद्देश्य रहेको उल्लेख छ । त्यसैले यो छात्रवृत्ति, विद्यार्थीको व्यवसायिक ज्ञान, व्यक्तित्व, शैक्षिक योग्यता, नेपालको विकासको लागि गर्न सक्ने योगदानको आधारमा दिईनेछ । महिला, शारीरिक अपाङ्गता भएका विद्यार्थी र पिछडिएका समुदाय वा ठाउँका विद्यार्थीलाई प्राथमिकता दिईने बताइएको छ । करिब ५० प्रतिशत छात्रवृत्ति महिलाहरुलाई दिईने उल्लेख गरिएको छ ।

यो छात्रवृत्तिको लागि विद्यार्थीले आइएलटीएसमा ६.५ वा त्यो भन्दा माथि ल्याएको हुनुपर्नेछ । टोफलमा न्युनतम ५८० हुनुपर्नेछ जहाँ अंग्रेजी लेखनमा ४.५ हुनुपर्नेछ । र,यदि इन्टरनेटमा हो भने सबै विषयमा २१ अंक सहित न्युनतम ९२ ल्याएको हुनुपर्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments