मेलबर्न । अष्ट्रेलियामा रोजगारीको प्रसस्त अवसरहरु छन् । कामसँगै राम्रो दाम पनि छ । त्यसैले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या वर्षेनी थपिदै छ । तर जागिरका लागि अन्तर्वार्तामा जानु अघि यी सामान्य प्रश्नहरुबारे जानकारी लिदा राम्रो हुन्छ । यी प्रश्नहरु प्राय सबै कम्पनीहरुले सोध्ने साझा प्रश्नहरु हुन् ।

१. तपाईंको बारेमा बताउनुहोस्

यो तपाईप्रति आकर्षित गर्ने अवसर हो । त्यसैले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता, काम अनुभव र यो पदको लागि एप्लाई गर्नुको कारण बताउनुहोस् ।

२.तपाईलाई यो कम्पनीको बारेमा के थाहा छ ?

इन्टरभ्यू दिन जानुभन्दा पहिले उक्त कम्पनीको बारेमा राम्रोसंग बुझ्नुहोस् । कम्पनीको काम र उद्देश्यको बारेमा आफू जानकार रहनुहोस् ।

३.अहिले बजारमा आएको मार्केट ट्रेन्ड कस्तो छ र त्यसले हाम्रो बिजनेसमा के असर पर्ला ?

मार्केट र बिजनेस ट्रेन्डहरुलाई राम्ररी अध्ययन गरेर जानुहोस् ।

४.तपाईले हाम्रो कम्पनीलाई कसरी योगदान दिन सक्नुहुन्छ ?

आफ्नो शैक्षिक योग्यता, काम अनुभव, रुचि, र लक्ष्यलाई उक्त पद संग जोडेर हेर्नुहोस् ।  पहिले कुनै सामाजिक कामको नेतृत्व दिएर काम गर्नुभएको थियो भने त्यसलाई पनि बताउनुहोस् । आफूलाई नेतृत्व गरेर सफल भएका कार्यक्रमहरुको बारेमा भन्नुहोस् ।

५.कामको क्रममा कुनै समस्या पर्यो भने कसरी समाधान गर्नुहुन्छ ?

आफ्नो पद संग सम्बन्धित समस्याहरुको कल्पना गर्नुहोस र आफ्नो योग्यता र ज्ञान अनुसारको समाधान खोज्नुहोस् ।

६.तपाईंले हासिल गर्नुभएको अहिलेसम्मको ठूलो सफलता कुन हो ?

तपाईंले खेल, सामाजिक कार्य, शिक्षा, काम जुनसुकै क्षेत्रको सफलता सुनाउन सक्नुहुन्छ ।

७. तपाईका तीन वटा कमजोरीहरु बताउनुहोस् ।

यो प्रश्न घुमाएर अरु तरिकाले पनि सोध्न सक्छन् । यो प्रश्नको उत्तर दिंदा अतालिनु हुँदैन । आफ्नो कमजोरी बताउनुहोस् र त्यो कमजोरीलाई हटाउनको लागि आफूले गरेको प्रयास र त्यसमा भएको सुधार बताउनुहोस् ।

८.हामीले तपाईलाई किन लिने ?

आफ्नो शैक्षिक योग्यता, कामको अनुभव र रुचिलाई काम संग जोडेर बताउनुहोस। आफूले कम्पनीलाई दिन सक्ने कामको योगदान बताउनुहोस् कम्पनीको उद्देश्यलाई आफ्नो पद र उद्देश्यसंग जोडेर भन्नुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments