मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेको होटल क्राउन टावर उत्कृष्ट होटलको चिनारी पाएको छ ।

क्राउन टावरलाई फोबर्स ट्राभल गाइडले ५ तारा दिएको हो । यो मान्यता पाउने क्राउन टावर मेलबर्नको एक मात्र होटल बनेको छ ।

ट्राभल गाइडले गरेको अनुसन्धानमा क्राउन टावरले गेस्ट सर्भिस, होटल फोन सर्भिस, फिटनेस सुविधा, बिजनेस सुविधा, हाउस्किपिङ सर्भिस, सरसफाई, बोलि व्यवहार, खानपीन सबैमा शतप्रतिशत अंक हासिल गरेको छ ।

फोबर्स ट्राभल गाइडबाट पाँच तारा पाउनुले क्राउन टावर विश्वका उत्कृष्ट होटलहरुमध्ये एक हो भन्ने प्रमाणित भएको छ । यो होटल यार्रा नदीको दक्षिण किनारमा पर्छ ।

Comments

comments