अष्ट्रेलियाको मेलबर्नमा तीजको  अवसर पारेर “न्याभ” ले तीज उत्सवको भब्य  तयारी गर्दैछ  | अहिले सम्म कै भब्य अहिले सम्मकै उत्कृस्ट तीज उत्सवको अन्तिम तयारीमा जुटेको आयोजक न्याभले जनाएको छ | यस पटकको तीज उत्सवमा मनोरन्जनका अनेक रङ्ग एकै साथ अनुभव  गर्न पाइने आयोजकको दावी छ |

उत्सबमा तीज सम्बन्धि नाटक ” रातो सारी” को मन्चन हुने भएको छ | निरु त्रिपाठीको लेखन तथा निर्देशनमा कलाकारहरु मुना खनाल, कविशा बानिया, कल्पना साँवा, नवराज कडरिया र प्रज्वल कार्कीको अभिनय नाटकमा हेर्न सकिने छ | तीजको अन्य आकर्षणमा फेसन सो, फोटो सुट, फरक क्षमताकि चर्चित नृत्यांगना रोमा  न्यौपानेको आकर्षक एबं प्रेरणादायी नृत्य रहने छ | उक्त कार्यक्रमकै अवसरमा तीज विशेष  खेलहरु  समाबेश गरिने छ | खेलमा सहभागी १० जना बिजेताहरुलाई सपिंग गिफ्ट भौचर सहित पुरस्कृत गरिने समेत न्याभले जनाएको छ | मनोरन्जनका  साथै उत्सव स्थलमा बिभिन्न स्वादिष्ट खानाकाको साथमा  फूड स्टलको ब्यबस्था गरिने छ |

तीज उत्सव अगस्ट २४ मा  थ्रोंनबरी थिएटरमा आयोजना हुँदैछ |

 

Comments

comments