मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा चलिरहेको न्याभ कप टुर्नामेन्टको फाइनल खेल हिमालय हुर्रिकेन्स र गोर्खाली लायन्सबीच हुने भएको छ ।
लीग खेलको अन्तिम राउण्डमा हिमालय हुर्रिकेन्स, गोर्खाली लायन्स र सगरमाथा रेनेगेड्स विजयी बनेका थिए । गोर्खाली लायन्स, नर्रे किंग्स र सगरमाथा रेनेगेड्सले लिग खेलको राउन्डमा समान अंक जोडेका थिए। रन रेटको आधारमा गोर्खाली लायन्स फाइनलमा जाने निश्चित भएको हो ।
लिग खेलको अन्तिम राउन्डमा हिमालय हुरिकेन्सका सुनाम गौतम, गोर्खाली लायन्सका किरण कंडेल, सगरमाथा रेनेगेड्सका सुसन गुरुङ म्यान अफ द म्याच घोषित भए ।
न्याभ कप टुर्नामेन्टको फाइनल खेल आगामी १२ मार्चमा टिडब्लु बलेक पार्क प्रेस्टनमा हुनेछ । उक्त दिन बिहान ९ बजे देखि विभिन्न कार्यक्रमहरु गर्दै ११:३० बजे देखि फाइनल खेल सुरु हुनेछ । फाइनल खेल सुरु हुनु भन्दा अगाडी किड्स क्रिकेट क्लिनिक, वुमन क्रिकेट क्लिनिक,सिनियर क्रिकेट म्यात्च लगायतका कार्यक्रमहरु हुने आयोजकले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments